काठमाडौं । सुपरमाई हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्ष २०८०/८१ को नाफाबाट लगानीकर्ताका लागि १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीका लागि चुक्तापुँजीको ७ प्रतिशत बोनस सेयर र करसहित ५.६३ रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको छ ।
बोनस वितरणपछि हाल ५० करोड रहेको चुक्ता पुँजी ५३ करोड ५० लाख पुग्नेछ । प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।