• Menu

नाडा अटो सो सकियो, गाडीतर्फ रिडारा र दुई पाङ्ग्रेमा एथर बेस्ट स्टल

नेपाल प्रफिट

२०८१ भदौ १६, २०:४०

नाडा अटो सो सकियो, गाडीतर्फ रिडारा र दुई पाङ्ग्रेमा एथर बेस्ट स्टल

काठमाडौं । नाडा अटो सो २०२४ सकिएको छ । नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन नेपालले भदौ ११ देखि आयोजना गरेको १६औं संस्करणको अटो प्रदर्शनी आइतबार सकिएको हो ।

प्रदर्शनीमा करिब ३ हजार सवारी साधन बुकिङ भएका छन् । शनिबारसम्म २ हजार ४ सय सवारी साधन बुकिङ भएकोमा आइतबार थप ६ सय बुकिङ भएको नाडाले जनाएको छ ।

नाडाका अध्यक्ष करण चौधरीले प्रदर्शनीले अटो क्षेत्रमा नयाँ ऊर्जा र उत्साह थपिएको बताएका छन् । ‘अटो सोमा अवलोकनकर्ताको उत्साह र गाडी बुकिङको अवस्थाले लचिलो नीति लिन सरकार दबाबमा परेको छ,’ प्रदर्शनी स्थलमा आयोजित समापन समारोहमा उनले भने, ‘राष्ट्र बैंकले पनि लचिलो नीति लिने संकेत गरेको छ ।’

मेला समापनका अवसरमा गाडी विक्रेताहरुलाई सम्मान गरिएको छ । चार पाङ्ग्रेतर्फ रिडारा र दुई पाङ्ग्रेमा एथरका विक्रताले बेस्ट स्टलको अवार्ड पाएको नाडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्