काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा करिब २ प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ अंकमा झरेको हो ।
आज ३३७ कम्पनीको दुई करोड ६२ लाख ४६ हजार ४३५ कित्ता सेयर एक लाख ३० हजार ६३२ पटक खरिद–बिक्री हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
म्युचुअल फन्ड ०.८० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी वित्त समूह ३.४४, होटल तथा पर्यटन २.९८ र बैंकिङ २.३४ प्रतिशतले घटेको छ ।
त्यसैगरी, विकास बैंक १.८५, जलविद्युत् २.४०, लगानी १.३३, जीवन बिमा १.४४, उत्पादन तथा प्रशोधन १.८०, लघुवित्त १.८८, निर्जीवन बिमा १.२३, व्यापार ०.१९ र अन्य समूह १.०४ प्रतिशतले बढेको छ ।
आज सुपरमाई हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाइड्रोपावर कम्पनी र माईखोला हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी गुडविल फाइनान्सको ५२ करोड ३१ लाख १० हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । कारोबार भएको सेयर संख्याका आधारमा सबैभन्दा धेरै सानिमा लार्ज क्याप फन्डको आठ लाख चार हजार आठ सय कित्ता सेयर कारोबार भएको छ ।