• Menu

अमेरिकी डलर बढ्यो, युरो घट्यो, अरुको मूल्य कति ?

नेपाल प्रफिट

२०८१ भदौ १३, १०:३१

अमेरिकी डलर बढ्यो, युरो घट्यो, अरुको मूल्य कति ?

काठमाडौँ । बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा छ । बुधबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५९ पैसा थियो ।

हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ भने घटेको छ । बुधबार युरो एकको खरिददर १४९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५० रुपैयाँ ३३ पैसा कायम भएकोमा आज खरिददर १४९ रुपैयाँ १२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७८ पैसा रहेको छ ।

आजको विदेशी मुद्रा विनिमय दरअनुसार पाउन्ड स्टर्लिङ १ को खरिददर १७७ रुपैयाँ १३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९२ पैसा छ । त्यस्तै, अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३७ पैसा छ ।

सिङ्गापुर डलर १ को खरिददर १०२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०३ रुपैयाँ २८ पैसा कायम भएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा छ । चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल १ को खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा छ ।

आजको विनिमय दरअनुसार थाई भाट १ को खरिददर ३ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३ रुपैयाँ ९६ पैसा छ भने यूएई दिराम १ को खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ चार पैसा र बिक्रीदर १० रुपैयाँ ८ पैसा कायम भएको छ ।

स्विडिस क्रोनर १ को खरिददर १३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३ रुपैयाँ २१ पैसा छ । त्यस्तै डेनिस क्रोनर १ को खरिददर १९ रुपैयाँ ९९ पैसा र बिक्रीदर २० रुपैयाँ ८ पैसा छ । आज हङकङ डलर १ को खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिददर ४३९ रुपैयाँ र बिक्रीदर ४४० रुपैयाँ ९६ पैसा छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २० पैसा छ । राष्ट्र बैंकले तय गरेको विदेशी विनियमदर खुला बजारमा भने फरक पर्न सक्नेछ ।