• Menu

सेयर बजार परिसूचकमा १०० अंकको उतारचढाव, सामान्य बढेर बन्द

नेपाल प्रफिट

२०८१ भदौ १२, बुधबार १५:२४

सेयर बजार परिसूचकमा १०० अंकको उतारचढाव, सामान्य बढेर बन्द

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा १०० अंकको उतारचढाव आएको छ । कारोबार खुलेलगत्तै उच्च अंकले बढेको बजार २८८०.८९ अंकको उचाइमा पुगेर ओरालो लाग्न थालेको थियो ।

सवा १२ सम्ममा ७८.२९ अंकले बढेको बजार त्यसपछि लगातारजसो घटेर २१.५८ अंकले नकारात्मक बन्यो । कारोबारको अन्तिम समयमा ३.८ अंकले बढेर २७८६.४ अंकमा उक्लिएको छ ।

कारोबार अवधिमा नेप्से परिसूचक न्यूनतम २७६१.०२ अंकसम्म झर्‍यो भने अधिकतम् २८६०.८९ अंकसम्म पुग्यो । आज विकास बैंक, वित्त, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा र व्यापार समूह राताम्य बनेका छन् भने बाँकी समूहमा हरियाली छाएको छ ।

बजार सामान्य बढ्दा पनि लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त, माईखोला हाइड्रोपावर कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ ।

आज ९८ कम्पनीका लगानीकर्ताले कमाउँदा १४२ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज ३२६ कम्पनीको १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।