काठमाडौं । १६औँ संस्करणको नाडा अटो सो २०२४ को पहिलो दिन नै ८ भन्दा बढीले अवलोकन गरेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको सवारी साधन मेलामा पहिलो दिन ८ हजार ५ सयले अवलोकन गरका हुन् ।
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा भदौ ११ देखि सुरू भएको मेलामा विद्युतीय सवारी साधनमा घुइँचो लागेको छ । भदौ १६ सम्म आयोजना हुने अटो सोमा बीवाईडी, टाटा, डिपल, अवतार, जिकरलगायत ब्रान्डका गाडीमा अवलोकनकर्ताको घुँइचो लागेको छ ।
एसोसिएसनका अनुसार गत वर्षभन्दा यो वर्ष अवलोकनकर्ताको उपस्थिति राम्रो देखिएको छ । पहिलो दिन नै २५० भन्दा बढी सवारी साधन बुक भएको जनाइएको छ ।