काठमाडौं । नाडा अटो सो २०८१ लाई लक्षित गरी सीजी मोटर्सले नेपाली बजारमा चारवटा नयाँ ब्रान्ड सार्वजनिक गरेको छ । विद्युतीय सवारी साधनको बढ्दो माग तथा ग्राहकको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै सीजी मोटर्सले चार विभिन्न नयाँ ब्रान्ड सार्वजनिक गरेको हो ।
सीजी मोटर्सले नाडा अटो सोमार्फत नेपाली बजारलाई सुहाउँदो AVATR, XPENG, RIDDARA र HERO गरी चार नयाँ ब्रान्ड सार्वजनिक गरेको हो । यी चार नयाँ ब्रान्ड सार्वजनिक भएसँगै सीजी मोटर्सले नेपाली बजारमा बिक्री गर्दै आएको ब्रान्डको संख्या १० पुगेको छ ।
नाडा अटो शो मा NETA, XPENG, AVATR, AION, RIDDARA, CG KYC, KING LONG र HERO गरी सीजी मोटर्सका आठवटा स्टल छन् ।

सीजी मोटर्सले नाडा अटो सोमार्फत नेपाली बजारमा AVATR सार्वजनिक गरेको छ । AVATR को AVATR11 मोडल नाडा अटो सोमार्फत सार्वजनिक भएको हो ।
AVATR विश्वप्रसिद्ध सवारी साधन उत्पादक कम्पनी CHANGAN, टेक्नोलोजीमा अग्रणी कम्पनी HUAWEI र उत्कृष्ट ब्याट्री उत्पादक कम्पनी CATL को साझेदारीमा उत्पादन भएको ब्रान्ड हो ।
AVATR 11 प्रिमियम सेग्मेन्टमा पर्ने लक्जरियस र फ्युचुरिस्टिक एसयूभी हो भने उक्त गाडी एक फुल चार्जमा ६८० किलोमिटरसम्म कुद्न सक्ने क्षमता राख्छ ।
नाडा अटो सोको स्टल नम्बर G12 मा रहेको XPENG सीजी मोटर्सले सार्वजनिक गरेको अर्को ब्रान्ड हो । XPENG को G6 मोडल प्रिमियम सेग्मेन्टमा पर्छ भने उक्त गाडीले एक फुल चार्जमा ४३५ किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
त्यसैगरी नाडा अटो सोमार्फत नै सार्वजनिक गरेको अर्को ब्रान्ड हो RIDDARA। नाडा अटो सो को स्टल नम्बर A9 मा रहेको RIDDARA ले नेपाली बजारमा RIDDARA RD6 सार्वजनिक गरेको हो । 63kWh को ब्याट्री र 200kW को पिक मोटर पावर रहेको RIDDARA RD6 ले ३७७ किलोमिटरको रेन्ज प्रदान गर्छ ।
नेपाली बजारमा लोकप्रिय रहेको NETA V को सफलतापश्चात NETA ले नयाँ मोडल, NETA X नाडामार्फत सार्वजनिक गरेको छ । NETA X स्टल नम्बर A3 मा छ र ग्राहकले उक्त स्टलबाट NETA X को अनुभव लिन सक्नेछन् । कम्पनीले दाबी गरेको ५०० किलोमिटरको रेन्जसहित NETA X मा ८ वर्ष वा १८०००० किलोमिटरसम्मको ब्याट्री र मोटर वारेन्टी पाउन सकिनेछ ।

त्यसैगरी स्टल नम्बर B5 मा रहेको AION ले नाडालाई लक्षित गरी AION Y, AION V, HYPER र HYPER HT प्रदर्शनमा रहेको छ र सँगसँगै स्टल नम्बर M13 बाट HERO मार्फत सीजी मोटर्सले दुई पाङ्ग्रे सेगमेन्टमा सेवा विस्तार गरेको छ । उक्त स्टलमा HERO को Karizma XMR, X-pulse Pro 200 4V, X-treme 160 R4, X-treme 125R र Xoom 110 प्रदर्शनीमा छन् ।



यससँगै सीजी मोटर्सको प्यासेन्जर सेगमेन्टमा नेपालकै सर्वाधिक बिक्री हुने इलेक्ट्रिक भ्यान, CG KYC स्टल नम्बर J2 मार्फत प्रदर्शन गरिएको छ । CG KYC ले विगतका वर्षहरुमा ग्राहकको मन जित्न सफल छ र तसर्थ नेपालकै सर्वाधिक बिक्री हुने इलेक्ट्रिक भ्यान हुन पुगेको छ ।
नाडा अटो सोमार्फत CG KYC ले पर्यटन क्षेत्रलाई लक्षित गर्दै कम्फर्ट र सुरक्षालाई प्राथमिकता राख्दै CG KYC को ७ सिटर इलेक्ट्रिक भ्यान सार्वजनिक गरेको छ र उक्त गाडीले यात्रुहरुलाई लक्जरी र सुरक्षित यात्राको अनुभव प्रदान गर्नेछ ।
CG KYC ले एक फुल चार्जमा ३०० किलोमिटरको रेन्ज प्रदान गर्छ भने डुअल एरब्याग, एबीएस जस्ता उत्कृष्ट सेफ्टी फिचर्स समावेश गरिएको छ ।
यसैगरी लामो रुटको यात्राका लागि लक्जरियस र कम्फर्टेबल यात्राको समाधान स्वरुप सीजी मोटर्सले किङ्गलङ्ग १९ सिटर, १६ सिटर र १५ सिटर सार्वजनिक गरेको छ र उक्त गाडी नाडाको स्टल नम्बर J1 मा प्रदर्शनीमा राखिएको छ ।