• Menu

साताको अन्तिम दिन पनि बढ्यो नेप्से, १८५२ अंकमा उक्लियो बजार

नेपाल प्रफिट

२०८० मंसिर २१, २१:५१

साताको अन्तिम दिन पनि बढ्यो नेप्से, १८५२ अंकमा उक्लियो बजार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । व्यापारबाहेकका सबै उपसमूह बढेपछि समग्र बजार परिसूचक ११.७३ अंकले बढेर १८५२.७७ अंकमा उक्लिको हो ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज २९९ कम्पनीको ९५ लाख ५ हजार ६०८ कित्ता सेयर २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार रुपैयाँमा किनबेच भएको हो । बुधबार १ अर्ब ९ करोडको कारोबार भएको थियो ।

व्यापारबाहेक सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको ६.९४, विकास बैंकको २०.२७, वित्त ११.२४, होटल ३२.४४, जलविद्युत २०.०९, जीवन बिमा ८.८४, उत्पादन तथा प्रशोधन ३१.८१, निर्जीबन बिमा समूहको उपसूचक २०९.२४ अंकले बढेको छ ।

त्रिशुली जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त वित्तीय संस्था, सीवाईसी नेपाल लघुवित्त, आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।

ग्लोबल आइएमई लघुवित्त, मदाङकिनी हाइड्रोपावर, विजय लघुवित्त, मेन्छियाम लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कारोबारमा १७५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको घटेको छ ।