एजेन्सी । जापानमा यो हप्ताको अन्त्यसम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ ।
मौसमविदहरुले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् ।
आँधीले बुधबार अमाम टापु क्षेत्र पार गर्ने अनुमान गरिएको छ भने मुख्य दक्षिणी टापुतिर फर्कनुअघि यसको गति २१५ किलोमिटर प्रतिघण्टाको हुनेछ ।
जापानमा यो महिना आँधीले सयौँ उडान तथा रेल सेवा अवरुद्ध गरेको छ भने भारी वर्षाले प्रशान्त तटमा क्षति पुर्याएको छ ।
यस क्षेत्रमा तटीयरेखाको नजिकमा आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव लामो समयसम्म रहने गत महिना जारी एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको थियो ।