• Menu

नेप्सेमा ३४ अंकको गिरावट, २८ अर्ब ८३ करोडको कारोबार, पाँच कम्पनीमा सकारात्मक सर्किट

नेपाल प्रफिट

२०८१ भदौ २, १५:३९

नेप्सेमा ३४ अंकको गिरावट, २८ अर्ब ८३ करोडको कारोबार, पाँच कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आइतबार ३४ अंकको गिरावट आएको छ । बैंक, जीवन बिमा, म्युचुअल फन्ड र निर्जीवन बिमा समूह बढे पनि बाँकी सबै समूह घटेपछि समग्र बजार परिसूचक ओरालो लागेको हो ।

नेप्से परिसूचक आज ३४. अंकले घटेर २९६६.३३ अंकमा ओर्लिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ४.४९ प्रतिशतले घटेको छ ।

सेयर बजार आज पनि उच्च परिमाणमा कारोबार भयो । आज ३३० कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता सेयर २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँबराबरमा किनबेच भएको छ ।

बजार उच्च अंकले घट्दा पनि ४७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । राष्ट्रिय बिमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), मल्टीपर्पोस फाइनान्स, सम्पदा लघुवित्त र लिबर्टी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।