• Menu

तीव्र उतारचढावका बीच ३४ अंक बढ्यो नेप्से, २३ अर्ब ४३ करोडको कारोबार

नेपाल प्रफिट

२०८१ साउन ३०, बुधबार १५:४२

तीव्र उतारचढावका बीच ३४ अंक बढ्यो नेप्से, २३ अर्ब ४३ करोडको कारोबार

काठमाडौँ । तीव्र उतारचढावबीच नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.२९ अंकले बढेको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशतले बढेर २९५७.७५ अंकमा उक्लिएको छ ।

कारोबार खुलेदेखि नै नेप्सेमा तीव्र उतारचढाव आएको थियो । कारोबार सुरु भएको ९ मिनेटमै नेप्से २३ अंकले घटेर २९०० अंकमा झरेको थियो । तर, पाँच मिनेट नबित्दै ३४ अंकले बढेर २९३४ अंकमा उक्लियो ।

अपराह्न १२ बजेर २३ मिनेट जाँदा ३९ अंकसम्मले घटेर २८८३.८१ अंकमा झरेको नेप्से कारोबार बन्द हुँदा २९५७.७५ अंकमा उक्लिएको हो ।

आज ३३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार ३४० कित्ता सेयर दुई लाख ४४ हजार १९ पटक खरिद–बिक्री हुँदा २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

जीवन बीमा समूह ०.०८, लघुवित्त ०.७० र म्युचुअल फन्ड ०.९० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज वित्त समूहको उपसूचक सबैभन्दा बढी ७.६७ प्रतिशतले बढेको छ ।

बैंकिङ ०.७२, विकास बैंक ३.०७, होटल तथा पर्यटन २.३७, जलविद्युत् १.९१, लगानी २.४९, उत्पादन तथा प्रशोधन ०.६४, निर्जीवन बिमा ०.७४, व्यापार ०.३९ र अन्य समूह ०.८३ प्रतिशतले बढेको छ ।

आज नौवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटा कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ८६ करोड ५८ लाख ५८ हजार रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार भएको सेयर संख्याका आधारमा अपी पावर कम्पनीको २२ लाख ३७ हजार १७२ कित्ता सेयर किनबेच भएको छ ।