• Menu

रेमिट्यान्स कम्पनीको क्षेत्राधिकार विस्तार गर्न आवश्यक छ : डेपुटी गभर्नर मिश्र

नेपाल प्रफिट

२०८१ साउन ३०, बुधबार १३:२९

रेमिट्यान्स कम्पनीको क्षेत्राधिकार विस्तार गर्न आवश्यक छ : डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले रेमिट्यान्स कम्पनीको क्षेत्राधिकार विस्तार गर्न आवश्यक भएको हो कि भन्ने महसुस भएको बताएका छन् ।

आइएमई र जीएमई रेमिटको मर्जरपछिको एकीकृत कारोबार शुभारम्भका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले रेमिट्यान्सको आकार निकै ठुलो भइसकेको र पुँजीकै हिसाबले पनि रेमिट्यान्स कम्पनीहरु ठूला भइसकेको बताए ।

‘यस्तो अवस्थामा यस व्यवसायलाई थप गतिशील र व्यवस्थित बनाई औपचारिक माध्यमबाट हुने रेमिट्यान्स आप्रवाहलाई प्रोत्साहन गर्न तथा सेवाग्राहीलाई सर्वसुलभ डिजिटल सेवा प्रदान गर्न रेमिट्यान्स कम्पनीको क्षेत्राधिकार विस्तार गर्न आवश्यक भइसकेको हो कि भन्ने महसुस हुन थालेको छ,’ डेपुटी गभर्नर मिश्रले भने ।