• Menu

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा ३० प्रतिशत वृद्धि, प्रतिसेयर आम्दानीमा सामान्य सुधार

नेपाल प्रफिट

२०८१ साउन २९, ११:४२

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा ३० प्रतिशत वृद्धि, प्रतिसेयर आम्दानीमा सामान्य सुधार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो वर्षको तुलनामा ३०.८ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्ष ३९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत वर्ष ५१ करोड ३९ लाख रुपैयाँ कमाएको छ । कम्पनीको खुद प्रिमियम आम्दानी भने ९.८ प्रतिशतमात्र बढेको छ ।

खुद प्रिमियम आम्दानी अघिल्लो वर्ष ३६ अर्ब ५१ करोड रुपैयाँ रहेकोमा गत वर्षमा ४० अर्ब ११ करोड रुपैयाँ पुगेको हो । खुद प्रिमियम आम्दानीसहित कम्पनीको कुल आम्दानी १२.३ प्रतिशत बढेको छ ।

कम्पनीको कुल आम्दानी अघिल्लो आर्थिक वर्षमा ५२ अर्ब ६७ करोड रहेकोमा गत आर्थिक वर्षमा ५९ अर्ब १७ करोड रुपैयाँ छ । नाफा बढ्दा कम्पनीको प्रतिसेयर आम्दानीमा सामान्य सुधार आएको छ ।

अघिल्लो वर्षमा ४ रुपैयाँ ७९ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी अहिले बढेर ६ रुपैयाँ २६ पैसा पुगेको हो । आठ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा ५ अर्ब २८ करोड रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा छ ।