काठमाडौं । नेप्से परिसूचक प्रि ओपन सेसनमा १६ अंकले बढेको छ । सोमबार ७०.८१ अंक बढेर २९३१.६५ अंकमा उक्लिएको नेप्से मंगलबार प्रि ओपन सेसनमा १६.०४ अंकले बढेर २९४७.७ अंकमा पुगेको हो ।
यो सेसनमा ११७ कम्पनीको ४ करोड १४ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एनआईसी एसिया, सेन्ट्रल फाइनान्स लगायतका कम्पनी कमाउने शीर्ष सूचीमा छन् ।