• Menu

पाकिस्तानमा बाल दुर्व्यवहारको अवस्था गम्भीर, ४१ प्रतिशत बालक पीडित

नेपाल प्रफिट

२०८१ साउन २५, शुक्रबार १६:४१

पाकिस्तानमा बाल दुर्व्यवहारको अवस्था गम्भीर, ४१ प्रतिशत बालक पीडित

एजेन्सी । पाकिस्तानमा बाल दुर्व्यवहारको अवस्था डरलाग्दो देखिएको छ । सन् २०२४ को पहिलो ६ महिनामा पाकिस्तानमा बाल दुर्व्यवहारका एक हजार ६३० वटा घटना दर्ता भएको स्थानीय गैरसरकारी संस्था साहिलले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२४ को जनवरीदेखि जुनसम्म ८१ वटा राष्ट्रिय तथा क्षेत्रीय दैनिक पत्रिकामा प्रकाशित तथ्यांकअनुसार ८६२ बाल यौन दुर्व्यवहार, ६६८ अपहरण, ८२ बेपत्ता बालबालिका र १८ वटा बालविवाहका घटना दर्ता भएका छन् ।

यस वर्ष यौन दुव्यवहारपछि पोर्नोग्राफीका ४८ घटना रेकर्ड गरिएको प्रतिवेदनमा उल्लेख छ । ६ महिनाको तथ्यांकमा रिपोर्ट गरिएका मुद्दामध्ये ५९ प्रतिशत पीडित केटी र बाँकी ४१ प्रतिशत केटा पीडित छन् ।

तथ्यांकअनुसार ६ देखि १५ वर्ष उमेर समूहका बालबालिका अधिक दुरुपयोगको जोखिममा छन् ।