• Menu

पाँचवटा हात्ती परिचालन गरी उखुबारीमा रहेको बाघ नियन्त्रणमा लिइयो, बर्दिया पठाउने तयारी

नेपाल प्रफिट

२०८१ साउन १८, शुक्रबार १६:०५

पाँचवटा हात्ती परिचालन गरी उखुबारीमा रहेको बाघ नियन्त्रणमा लिइयो, बर्दिया पठाउने तयारी

कञ्चनपुर । कञ्चनपुरमा हात्तीसहितको टोली परिचालन गरी बाघलाई नियन्त्रणमा लिइएको छ । दोधारा चाँदनी नगरपालिका-२ को उखुबारीबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिएको जनाइएको छ । बिहीबार बिहान घरनजिकैको उखुबारीमा घाँस काट्ने क्रममा बाघले दोधारा चाँदनी-२ की २३ वर्षीया हिरा शाहमाथि आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

बिहीबारदेखि नै बाघलाई नियन्त्रणमा लिने प्रयास गरिए पनि आज मात्र सम्भव भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए । ‘बाघलाई बर्दिया पठाउने तयारी गरिरहेका छौँ,’ उनले भन्नुभयो । बिहीबार रातभर निकुञ्जको टोली र सुरक्षाकर्मीले बाघलाई उखुबारीमै पहरा दिएका थिए ।

संरक्षण अधिकृत ऐर बाघलाई नियन्त्रणमा लिन पाँचवटा हात्तीसहित प्राविधिक टोली परिचालन गरिएको थियो ।