• Menu

पोखरामा स्कुल बस दुर्घटना, आमाछोराको मृत्यु

नेपाल प्रफिट

२०८१ साउन १४, ११:०७

पोखरामा स्कुल बस दुर्घटना, आमाछोराको मृत्यु

कास्की । पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-२१ कृस्तीस्थित एलपी देवकोटा मेमोरियल विद्यालयको बस दुर्घटना हुँदा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका ५ वर्षीय छोरा प्रिन्सको मृत्यु भएको हो ।

दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माका अनुसार घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ५० मिटर तल खसेको उनले जानकारी दिए ।