• Menu

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

नेपाल प्रफिट

२०८१ साउन १०, १९:२९

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

रेग्मीले २०८१ भदौ १ देखि बैंकको प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्नेछन् । तीन दशकभन्दा लामो समयदेखि बैंकिङ क्षेत्रमा रहेका उनी २०६५ मा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।

रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा बेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबीए गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापनलगायत समग्र बैंकिङको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी अब्बल बैंकरका रुपमा परिचित छन् ।

त्यस्तै सञ्चालक समिति बैठकले बैंकको स्वतन्त्र महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवालीलाई नियुक्त गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र विभिन्न संघसंस्थामा संलग्न छिन् ।

प्रतिक्रिया दिनुहोस्