काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यसँग जहाजमा उभिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल तस्वीरमा देखिएका छन् । भारत भ्रमणका क्रममा जहाजमा खिचिएको उक्त तस्वीर सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’ भन्दै क्याप्सन लेखेका छन् ।
प्रधानमन्त्री शाह अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनालसँगै भारत भ्रमणमा गएका थिए । उनले केहीबेरअघि सामाजिक सञ्जालमा उक्त तस्वीर सार्वजनिक गरेका हुन् ।
यसअघि पनि प्रधानमन्त्री शाहले मन्त्रीहरू सुधन गुरुङ र सुनिल लम्सालसँगै बसेको तस्वीर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्दै टिप्पणी गरेका थिए ।
प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्का सदस्यहरूसँगका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनीहरूको टोलीप्रति विश्वास र प्रशंसा व्यक्त गर्दै आएका छन् ।