• Menu

बाँकेको मेलामा दुई पक्षबीच झडप, नियन्त्रणमा लिन प्रहरीले गर्‍यो आठ राउण्ड हवाई फायर

नेपाल प्रफिट

२०८३ मंसिर ८, मंगलबार १३:३५

बाँकेको मेलामा दुई पक्षबीच झडप, नियन्त्रणमा लिन प्रहरीले गर्‍यो आठ राउण्ड हवाई फायर

बाँके । बाँकेको बैजनाथ गाउँपालिका-१ चिसापानीमा लागेको मेलामा दुई पक्षबीच झडप भएपछि प्रहरीले आठ राउण्ड हवाई फायर गरेको छ ।

स्थानीय चिसापानीमा लागेको मेलामा दुई पक्षबीच विवाद भई झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार झडप नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड हवाई फायर गरेको थियो । झडपमा संलग्न पक्षलाई छुट्याउन गएको प्रहरी टोलीमाथि नै आक्रमण भएपछि हवाई फायर गर्नुपरेको उनले बताए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बैजनाथका मनोज सुनारलाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए ।

झडपका क्रममा घाइते भएकाहरूको कोहलपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।