• Menu

दुई अर्ब १६ करोडको अवैध क्रिप्टो कारोबार गर्ने सुनिलकुमार यादव पक्राउ

नेपाल प्रफिट

२०८३ कात्तिक १३, शुक्रबार १३:३४

दुई अर्ब १६ करोडको अवैध क्रिप्टो कारोबार गर्ने सुनिलकुमार यादव पक्राउ

काठमाडौं । गैरकानुनी ढंगले क्रिप्टो कारोबार गरेको  अभियोगमा  धनुषाको सबैला नगरपालिका-१२ का २८ वर्षीय सुनिलकुमार यादव पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार यादवले हालसम्म दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ बराबरको क्रिप्टो कारोबार गरेका थिए ।

विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेल्ने, खेलाउने र अवैध रूपमा क्रिप्टो करेन्सीको ठूलो कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले जिल्ला धनुषा प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गरेको हो । रासस