• Menu

सोमबारको करेक्सनपछि ३९ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि उच्च वृद्धि

नेपाल प्रफिट

२०८१ असार २६, बुधबार १५:२६

सोमबारको करेक्सनपछि ३९ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि उच्च वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक नेप्से दुई दिनमा ३९.०४ अंकले बढेको छ । हिजो मंगलबार १५.७९ अंकले बढेको बजार आज २३.२५ अंकले बढेको हो ।

लगातार दुई दिन बढ्दा नेप्से परिसूचक २१३६.३५ बाट २१७५.४ अंकमा उक्लिएको छ । आज विकास बैंकबाहेकका सबै उपसमूहमा हरियाली छाएको छ ।

बैंक, वित्त, जलविद्युत, लघुवित्त र निर्जीवन बिमा समूह १ प्रतिशतभन्दा धेरैले बढेका छन् । बैंक समूह सबैभन्दा धेरै १.६९ प्रतिशतले बढेको छ ।

आज १९३ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ४६ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । ६ कम्पनीको सेयर मूल्य यथावत् छ ।

कारोबार रकम दुवै दिन उच्च छ । आज ५ अर्ब ७४ करोड ४० लाख रुपैयाँबराबरको सेयर किनबेच भयो । मंगलबार ५ अर्ब ३५ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।

यसअघि १०३.८८ अंकले बजार बढेपछि सोमबार नेप्सेमा ४.६२ अंकको करेक्सन आएको थियो । अल्पकालीन लगानीकर्ताले प्रफिट बुक गर्दा नेप्सेमा करेक्सन आएको हो । त्यसपछिका दुवै दिन नेप्से बढिरहेको छ ।