• Menu

एनपिएलका सबै खेललाई आइसिसीको मान्यता

नेपाल प्रफिट

२०८३ कात्तिक ५, बिहीबार १२:०८

एनपिएलका सबै खेललाई आइसिसीको मान्यता

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार कात्तिक ९ देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने एनपिएलका सबै खेलले उक्त मान्यता भएका हुन् ।

आइसिसीको ‘लिस्ट ए टी–२०’ मान्यता प्राप्त भएपछि एनपिएलका खेलमा खेलाडीले गरेको प्रदर्शन आधिकारिक टी–२० तथ्यांकमा समावेश हुनेछ ।

‘लिस्ट ए टी–२०’ को आधिकारिक मान्यता प्राप्त गरेको हुँदा यसले नेपाली क्रिकेटको विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुर्‍याउने क्यानका सचिव पारस खड्काले बताए ।

एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म सञ्चालन हुनेछ । लिगमा आठ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।