काठमाडौं । अल्पकालीन लगानीकर्ताले ‘प्रफिट बुक’ गरेपछि सेयर बजार परिसूचक नेप्सेमा करेक्सन आएको छ । लगानीकर्ताले ‘प्रफिट बुक’ गरेपछि लगातार पाँच दिन बढेको बजार आज सोमबार घटेको हो ।
पाँच दिनमा बजार १०३.८८ अंकले बढेर २०३७.०९ बाट २१४०.९७ अंकमा उक्लिएको थियो । लगानीकर्ताले प्रफिट बुक गरेपछि बजार ४.६२ अंकले घटेर २१३६.३५ अंकमा झरेको छ । आज वित्त लघुवित्त र म्युचुअल फन्डबाहेकका सबै समूह घटेका छन् ।
आज ९५ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १४१ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । १० कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।
प्रफिट बुक गर्ने लगानीकर्ताका कारण बिक्री चाप बढेपछि अधिकांश कम्पनीको मूल्य घट्दा बजारमा करेक्सन आएको सेयर बजार विश्लेषकहरुले बताएका छन् ।