• Menu

स्याङ्जाको वालिङ र पोखराको विरौटामा सिटिजन्स बैंकका शाखा स्थापना, खाता खोल्दा छुटैछुट

नेपाल प्रफिट

२०८१ असार २२, शनिबार २०:४०

स्याङ्जाको वालिङ र पोखराको विरौटामा सिटिजन्स बैंकका शाखा स्थापना, खाता खोल्दा छुटैछुट

काठमाडौं । सिटिजन्स बैंकले एकसाथ दुई शाखा कार्यालय स्थापना गरेको छ । बैंकले स्याङ्जाको वालिङ र पोखराको विरौटामा नयाँ शाखा स्थापना गरेको हो ।

वालिङ नगरपालिका वडा नम्बर ८ र पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटामा शाखा स्थापना भएसँगै बैंकका शाखा संख्या १९४ पुगेको छ ।

नयाँ शाखाबाट बैंकले दुई महिनासम्मका लागि नि:शुल्क कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ दर्ता शुल्क, लकर अवधिभर लकर कि डिपोजिटमा २५ प्रतिशत छुट र वार्षिक लकर शुल्कमा ५० प्रतिशत छुट तथा डिम्याट खाता नि:शुल्क खोलिदिने भएको छ ।

बैंकका नयाँ शाखाबाट ग्राहकले एटीएम सुविधा, खाता खोल्न सकिने सुविधा, आन्तरिक रेमिट्यान्स भुक्तानी सुविधा, विद्युतीय चेक राफसाफ, लकर सुविधा तथा विदेशी मुद्रा खरिद–बिक्रीलगायतका सुविधा पाउनेछन् ।