• Menu

राष्ट्रपति पौडेलद्वारा असोज १६ देखि संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य

नेपाल प्रफिट

२०८३ असोज १५, बिहीबार १३:०४

राष्ट्रपति पौडेलद्वारा असोज १६ देखि संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यही असोज १६ गते राति १२:०० बजेदेखि संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् ।

राष्ट्रपति पौडेलेले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यही असोज १३ गतेको सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।