काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ४.८२ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.०२ अंकले घटेर ४६४.६३ विन्दुमा पुगेको छ ।
त्यस्तै, फ्लोट परिसूचक ०.४३ अंकले घटेर १७९.०२ र सेन्सेटिभ फ्लोट परिसूचक ०.६५ अंकले घटेर १५६.७८ विन्दुमा पुगेको छ ।
आज विभिन्न कम्पनीका एक करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर चार अर्ब ७६ करोड ५१ लाख २७ हजार ८८५ रुपैयाँमा कारोबार भएका छन् ।
कारोबारमा आएका १३ उपसमूहमध्ये तीन उपसमूहको सूचक बढ्दा १० उपसमूहको सूचक घटेको छ । कुल २७९ कम्पनीमध्ये १०९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज सिन्धु विकास बैंक, सयपत्री हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । सानिमा ग्रोथ फण्ड, चिर्खवा हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले भने गुमाएका छन् ।