• Menu

नेपालमै पहिलोपटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, बुकिङ खुला

नेपाल प्रफिट

२०८१ असार १६, ११:२०

नेपालमै पहिलोपटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, बुकिङ खुला

काठमाडौं । शशीला मोटर्स प्रालिले भान्चे ब्रान्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको छ । एकपटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ ।

१२३ किलोवाटको ब्याट्री जडान भएको यो बसमा पूर्णरुपमा एयर कन्डिसन र सबैखाले सेफ्टी फिचर उपलब्ध हुनेछ भने लम्बाइ २५ फिट हुनेछ । फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दूरीमा सञ्चालन गर्न यो बस यात्रुमैत्री हुने शशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताएका छन् ।

बस आइपुग्नुभन्दा पहिला आवश्यक पार्टपुर्जा र सर्भिसिङ तथा मर्मत सबैको व्यवस्था मिलाइने र बस सञ्चालकलाई बिनाझन्झट सेवा दिने पनि उनले प्रतिबद्धता जनाए । दसैंलाई लक्षित गरी ल्याउन लागिएको उक्त बसको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ ।

बसको मूल्य निर्धारण हुन बाँकी नै रहे पनि अहिले नै बुकिङ गर्ने पहिलो ५० ग्राहकले ८९ लाख ९० हजारमा पाउने र त्यसपछि केही बढ्ने कम्पनीले जनाएको छ । १० वर्षदेखि व्यावसायिक गाडी बिक्री गर्दै आएको शशीला मोटर्स नेपालका लागि हाइगर विद्युतीय बसको आधिकारिक विक्रेता हो ।

शशीला अब नेपालका लागि भान्चे ब्रान्डका सबै बस तथा भ्यानहरुको पनि आधिकारिक विक्रेता बनेको छ । जुन स्प्रिन्टर डिजाइनको बस बनाउने चीनकै अग्रणी कम्पनी हो ।