काठमाडौं । ग्लोबल आइएमई बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई आरुष लाइफस्टाइल हस्पिटल प्रालिका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ ।
समझदारी पत्रमा बैंकका चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र आरुष लाइफस्टाइल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरे ।
समझदारीअनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहक तथा बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले आरुष लाइफस्टाइल हस्पिटलमा उपलब्ध सेवामा १० देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
बैंकका ग्राहकले आरुष लाइफस्टाइल हस्पिटलको कुपण्डोल हाइट, ठिमी चारदोबाटो (शंखधर चोक), टुसाल बौद्धनाथ मार्ग, न्युरोड पोखरा, वरगाछी विराटनगरस्थित शाखा कार्यालयहरुबाट पनि उपलब्ध हुने सेवामा उल्लेखित छुट पाउने छन् ।
ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न हस्पिटल तथा सम्बन्धित संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजना ल्याएर ग्राहकलाई प्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।