• Menu

तमोर नदीमा ७ करोड ८५ लाखको लागतमा बेलिब्रिज निर्माण : तापेथोक-लेलेप जोडियो, स्थानीयलाई आवतजावतमा सहज

नेपाल प्रफिट

२०८३ भदौ १६, मंगलबार १५:२८

तमोर नदीमा ७ करोड ८५ लाखको लागतमा बेलिब्रिज निर्माण : तापेथोक-लेलेप जोडियो, स्थानीयलाई आवतजावतमा सहज

ताप्लेजुङ । ताप्लेजुङ-लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा आएको छ ।

तमोर नदीमाथि निर्माण गरिएको उक्त बेलिब्रिज सञ्चालनमा आएसँगै फक्ताङलुङ गाउँपालिका-६ लेलेपको साँघु तथा वडा नम्बर ४ का सुङ्साबू र विपुधाप गाउँका स्थानीय खुशी भएका छन् ।

स्थानीय विक्रम लिम्बूका अनुसार पुल नहुँदा वडा नम्बर ५ मा पर्ने ताप्मावा हुँदै घण्टौँ समय लगाएर घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । बेलिब्रिज सञ्चालनमा आएपछि स्थानीयको आवतजावत सँगै ढुवानीमा सहज भएको छ ।

कूल २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना प्रवर्धक तमोर इनर्जी प्रालिले उक्त बेलिब्रिज निर्माण गरेको हो । तापेथोक बगर र लेलेपतर्फको बगर जोड्ने बेलिब्रिजको लम्बाइ ५४.८ मिटर रहेको छ ।

जलविद्युत आयोजना संयोजक सम्झना क्षेत्रीका अनुसार पुल सात करोड ८५ लाख १९ हजार १७६ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

यसअघि पनि तमोर इनर्जी प्रालिले फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकालाई जोड्ने सिस्ने खोलामाथि मोटरेबल बेलिब्रिज निर्माण गरेको थियो ।