• Menu

गण्डकी सरकारले मृतकका परिवारलाई १ लाख र घाइतेलाई ५० हजार दिने

नेपाल प्रफिट

२०८३ भदौ १६, मंगलबार १३:२१

गण्डकी सरकारले मृतकका परिवारलाई १ लाख र घाइतेलाई ५० हजार दिने

कास्की । भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु र बेपत्ता भएका गण्डकी प्रदेशका नागरिकका परिवारलाई गण्डकी प्रदेश सरकारले एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् कोषमार्फत राहत रकम उपलब्ध गराउने निर्णय गरिएको गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री राहत कोषमा चार करोड प्रदान गर्ने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले गरेको घोषणालाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको उनले बताए ।

बाढीमा परी पोखरा आएका घाइते तथा बिरामी नागरिकलाई घरसम्म पुर्‍याउने व्यवस्था पनि प्रदेश सरकारले गर्ने प्रवक्ता शेरचनले बताए । बाढीमा परी विभिन्न अस्पतालमा उपचार गराइरहेका गण्डकी प्रदेशका घाइतेलाई ५० हजारका दरले सहयोग उपलब्ध गराइने प्रवक्ता शेरचनले जानकारी दिए ।

यसैगरी किरिया खर्चबापत प्रतिमृतक २५ हजार उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।