• Menu

बागमती प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल

नेपाल प्रफिट

२०८१ असार ६, १०:२५

बागमती प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल

मकवानपुर । बागमती प्रदेशसभा बैठकमा आज (बिहीबार)देखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ ।

बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । असार ८ भित्र बजेट पारित गर्ने कार्यसूची छ ।

असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गरेका छन् ।