काठमाडौं । त्रिशूली-३ ‘बी’ आयोजनाको सुरुङमा फसेकाको खोज तथा उद्धारका लागि फ्रन्ट फेसमा चारवटा प्वाल ड्रिलिङ सम्पन्न भएको छ ।
हालसम्म भएको प्रगतिका आधारमा अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको छ ।
उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन आवश्यक प्राविधिक तयारी तथा सम्बन्धित निकायबीच समन्वय निरन्तर भइरहेको जनाइएको छ ।
सुरुङभित्र प्रवेश गर्ने क्रममा अपनाउनुपर्ने सुरक्षा उपाय तथा प्राविधिक पक्षलाई प्राथमिकतामा राखेर उद्धार कार्य अघि बढाइने तयारी छ ।