• Menu

भोटेकोशी बाढीपीडितका लागि नेपाल लाइफको २ करोड ५१ लाख सहयोग, प्रधानमन्त्री कोषमा रकम हस्तान्तरण

नेपाल प्रफिट

२०८३ भदौ १४, आइतबार १३:३०

भोटेकोशी बाढीपीडितका लागि नेपाल लाइफको २ करोड ५१ लाख सहयोग, प्रधानमन्त्री कोषमा रकम हस्तान्तरण

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग गरेको छ ।

कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्  ।

कम्पनीले उक्त सहयोगबाट विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

नेपाल लाइफले विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ ।