• Menu

कोरला नाका बन्दै इभी आयातको नयाँ हब, साउनमै भित्रिए १०० विद्युतीय गाडी

नेपाल प्रफिट

२०८३ भदौ ४, बिहीबार १२:२६

कोरला नाका बन्दै इभी आयातको नयाँ हब, साउनमै भित्रिए १०० विद्युतीय गाडी

मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक सय वटा विद्युतीय सवारी साधन भित्रिएका छन् ।

मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा यो नाकाबाट आयात भएका विद्युतीय सवारी साधन र अन्य सामग्रीबाट राज्यकोषमा २९ करोड राजस्व दाखिला भएको छ ।

यो नाकाबाट दैनिक १० वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको भन्सार प्रमुख विदुर चुडाललले जानकारी दिए ।

गत आवमा यहाँबाट तीन हजार विद्युतीय सवारीसाधन आयात भएका थिए । गत आवमा ६ अर्ब ९२ करोड राजस्व संकलन भएको थियो । यो नाका इभी आयातको नयाँ मार्गका रुपमा विकसित भएको छ ।