• Menu

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरको दाबी पेस

नेपाल प्रफिट

२०८३ भदौ ३, बुधबार १५:३५

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरको दाबी पेस

मकवानपुर । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा (एमाले) का प्रदेशसभा सदस्य किरण थापामगरले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष आज दाबी पेस गरेका छन् ।

थापामगरलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट समर्थन प्राप्त भएको छ । एमाले संसदीय दलको सोमबार बसेको बैठकले थापामगरलाई प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

एक सय चार सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५३ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । हाल प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेपाली कम्युनिष्ट पार्टीका २६, नेकपा (एमाले) का २५, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई प्रदेशसभा सदस्य रहेका छन् ।

राप्रपा र नेपाली कम्युनिष्ट पार्टीको समर्थनसहित थापामगरले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।