• Menu

हेटौंडा उपमहानगरमा ‘शून्य फोहर’ महाअभियान सुरु

नेपाल प्रफिट

२०८३ साउन २२, शुक्रबार १२:५८

हेटौंडा उपमहानगरमा ‘शून्य फोहर’ महाअभियान सुरु

मकवानपुर । हेटौंडा उपमहानगरपालिकालाई सुन्दर, सफा, र हराभरा पालिका बनाउन आजदेखि पालिकाले नगरलाई ‘शून्य फोहर’ महाअभियान सुरु गरेको छ ।

पालिकाले नगरलाई चालु आर्थिक वर्ष २०८३/८४ लाई पर्यटन वर्ष घोषणा गरेका कारण आजदेखि शून्य फोहर महाअभियान सुरु गरिएको हो ।

पालिका आसपासका सबै क्षेत्र, सरकारी कार्यालय, वडा कार्यालय, बैंक, विद्यालयलगायत संघसंस्था र विभिन्न कार्यालयमा बिहान ९:०० बजेदेखि १०:०० बजेसम्म कार्यालय परिसरमा सरसफाइ गरी महाअभियान सुरु गरिएको वन, वातावारण तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख सत्यदेवी अधिकारीले बताए ।