• Menu

पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत अवरुद्ध हुने

नेपाल प्रफिट

२०८३ साउन २२, शुक्रबार १२:४७

पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत अवरुद्ध हुने

झापा । झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा शनिबार बिहान ४:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म कूल १२ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

दुहबी-दमक १३२ केभी प्रसारण लाइनको केरौनस्थित टावर नम्बर ६८ र ६९ को बीचमा ‘डेड-इन्ड टावर’ जडान, प्रसारण लाइन मर्मत तथा सबस्टेशन परीक्षण गर्नुपर्ने भएका कारण विद्युत सेवा कटौती गर्न लागिएको हो ।

सबस्टेशन सञ्चालनमा आएपछि मोरङको बेलबारी, रङ्गेली, उर्लाबारी, पथरीलगायतका क्षेत्रमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित हुने आयोजना प्रमुख दर्शन राय यादवले बताए ।