• Menu

कञ्चनपुरमा अवैध सामानसहित चार भारतीय नागरिक पक्राउ

नेपाल प्रफिट

२०८३ साउन २२, शुक्रबार ११:१७

कञ्चनपुरमा अवैध सामानसहित चार भारतीय नागरिक पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।
बेलौरी नगरपालिका-१ खल्लाबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको ५७ हजार बराबरको तीन क्विन्टल ५० किलो तोरी र चार थान साइकलसहित उनीहरूलाई बिहीबार नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता  टेकबहादुर रावतका अनुुसार भारतबाट भन्सार छली  ल्याइएका २५ हजार बराबरका पेय पदार्थ, बिडी, बोइलर कुखुरा बेलौरी नगरपालिका-२ बैजुडाँडा फालिएको अवस्थामा भेटिएका छन् ।
सामान पनि स्थानीय टेडुवा प्रहरीचौकीले बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ । यसैबीच, जुवाको खालबाट आठ जना पक्राउ परेका छन् । उनीहरूबाट नगद ५५ हजार पनि बरामद भएको छ ।