सिरहा । सिरहामा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार औरही गाउँपालिका-२ का अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा निधन भएको हो ।
‘मृत्यु भएको भन्ने खबर आएको छ। औरही गाउँपालिका-२ का गणेश यादवको निधन भएको जानकारी प्राप्त भएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।
घटनापछि प्रभावित क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सम्भावित थप तनावलाई मध्यनजर गर्दै सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेशसमेत जारी गरिएको प्रशासनले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रशासनले जनाएको छ ।