• Menu

उच्च अदालत वीरगन्जको २९ प्रतिशत मुद्दा फर्छ्योट हुन बाँकी

नेपाल प्रफिट

२०८३ साउन १४, १३:०४

उच्च अदालत वीरगन्जको २९ प्रतिशत मुद्दा फर्छ्योट हुन बाँकी

पर्सा । उच्च अदालत वीरगन्जका २९ प्रतिशत मुद्दा फर्छ्योट गर्न बाँकी  छ ।

आर्थिक वर्ष २०८२/०८३ मा  दर्ता भएका मुद्दामध्ये दुई हजार ३७८ मुद्दा फर्छ्योट हुन बाँकी रहेको हो । दर्ता भएका तथा जिम्मेवारी सरेका समेत आठ हजार २२४ मुद्दा उच्च अदालत वीरगन्जमा दर्ता भएका थिए । जसमध्ये आव २०८२/०८३ मा पाँच हजार ८४६ मुद्दा मात्र फर्छ्योट भएका छन् ।

उच्च अदालत वीरगन्जले आज पत्रकार सम्मेलनको आयोजना गरी आव २०८२/०८३ मा ७१.०८ प्रतिशत मुद्दा फर्छ्योट भएको जनाएको छ ।

आव २०८०/०८१ मा आठ हजार मुद्दामध्ये चार हजार ५२८, आव २०८१/०८२ मा कुल ८ हजार ३२९ मुद्दामध्ये चार हजार ७३५ थान मुद्दा फर्छ्योट गरिएको थियो ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीले आर्थिक वर्ष २०८२/०८३ मा फैसला हुन बाँकी रहेका मुद्दामध्ये ६ महिनाभित्रका ९८७, एक वर्षभित्रका ६६९, बाह्रदेखि १८ महिनासम्मका २८२ तथा १८ महिना नाघेका २१ मुद्दा रहेको जानकारी दिए ।