• Menu

विचार

मल्टिपल स्क्लेरोसिस कस्तो रोग हो ? यसको उपचार कसरी गर्ने ?

नेपाल प्रफिट

२०८१ जेठ २१, १०:५३

मल्टिपल स्क्लेरोसिस कस्तो रोग हो ? यसको उपचार कसरी गर्ने ?

नेपालसहित विश्वभर मे ३० का दिन ‘विश्व मल्टिपल स्क्लेरोसिस डे’ मनाइएको छ । मल्टिपल स्क्लेरोसिस कस्तो प्रकारको समस्या हो र विश्वभर विभिन्न कार्यक्रम गरेर ‘विश्व मल्टिपल स्क्लेरोसिस डे’ मनाउनुपर्‍यो त !

मल्टिपल भनेको चरणबद्ध रुपमा आक्रमण गर्ने र स्क्लेरोसिस भनेको दिमागमा गएर धब्बा बनाउने प्रक्रियालाई मल्टिपल स्क्लेरोसिस भनिन्छ । यसलाई हामी डिमाइनेसन भन्छौँ ।

ब्रेन, स्पाइनल कर्ड र आँखाको नशालाई यसले असर गर्ने भएका कारण अल्टाइजहरु मल्टिपल टाइममा हुने भएकाले यसलाई मल्टिपल स्क्लेरोसिस भनिन्छ ।

यो रोगको कारण यो नै भनिएको छैन । शरीरमा बनेको एन्टिबडी निष्क्रिय हुन्छ र माइलेनसिथहरु रुखको बोक्रा उप्किएझैँ उकिन्छ, त्यसकारण मानिसलाई अचानक हातखुटा लुलो हुने र बोली लरबरिने हुन्छ ।

झन्डै झन्डै हामीले पक्षघातको जस्तो लक्षण देख्छौँ । पक्षघात हामी बूढो उमेर ६० र ७० वर्ष उमेर समूहलाई देख्छौँ भने मल्टिपल स्क्लेरोसिस २० र ३० वर्षको युवामा समेत देख्न सक्छौँ । ५-१० वर्ष उमेर समूहका बच्चामा समेत मल्टिपल स्क्लेरोसिस देख्न सकिन्छ ।

धेरैजसो युवा उमेरका मानिसमा देखिने भएकाले यसमा सचेतना अपनाउन जरुरी छ । बिरामी सुरुमै पहिचान भयो भने यसको उपचार सम्भव छ ।

मल्टिपल स्क्लेरोसिस कुनै पनि बच्चा वा युवामा हात लुलो भयो वा हात झमझम भयो, मुख बाङ्गो भयो, आँखाको ज्योति अचानक कमजोर भयो, हेर्दाखेरी लरबराउने भयो, हातखुटा लुरो भयो, स्पाइनल कर्डलाई असर गरेको छ भने दिसापिसाबमा रोकावट आउन सक्छ ।

उल्लिखित लक्षणहरु भएमा तुरुन्त नजिकको अस्पताल गएर डाइग्नोसिस गर्ने वा उपचार गर्नु आवश्यक हुन्छ ।

उपचार विधि

शरीरको रोग प्रतिरोधात्मक शक्ति कम गराउने औषधीको प्रयोग गर्छौं । जसलाई पल्स थेरापीसमेत भन्ने गर्छौं । लामो समयसम्म यसको उपचार निरन्तर गर्नुपर्ने हुन्छ ।

घरी-घरी बारम्बार आइरहेको छ र कडा रुपको छ भने हामीले मोनोकोलर एन्टिबडीहरु प्रयोग गर्ने गरेका छौं । यस्तै, इन्जेक्सन दिन सकिन्छ । हप्तैपिच्छे दिने र ६–६ महिनामा इन्जेक्सन दिन सकिन्छ । यो सँगै देखिएका लक्षणको सोहीअनुसार उपचार गर्न सकिन्छ ।

आजको दिनमा मल्टिपल स्क्लेरोसिसको बारेमा सबैले पहिचान गरौँ र समयमै उपचार गर्न सके यो रोगको उपचार सम्भव छ । यो रोगको उपचारका लागि औषधीको समय समयमा अभाव हुने र महँगो पर्ने हुँदा सरकारले यस किसिमका रोगका लागि विशेष व्यवस्था गर्नुपर्छ ।

(वरिष्ठ न्युरोलोजिस्ट डा. पौडेल ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीको न्युरोलोजी विभाग प्रमुख हुन् ।)