• Menu

हिजो राति नै भारतसँग समन्वय गरेर उपचारका लागि लैजाने तयारी गरेका थियौँ : गृहमन्त्री

नेपाल प्रफिट

२०८३ असार २६, शुक्रबार १७:१०

हिजो राति नै भारतसँग समन्वय गरेर उपचारका लागि लैजाने तयारी गरेका थियौँ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको जीवन रक्षा गर्न भारत लैजाने तयारी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय लिएर बोल्दै उनले हिजो राति नै भारतसँग समन्वय गरेर नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी गरेको बताए ।

मन्त्री गुरुङले स्थानीय र प्रदेश सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नभएको उल्लेख गर्दै नेपालीको सवारीमा काठमाडौं नगरपालिकाको प्रहरीले ‘ह्विल लक’ लगाएको बताए ।

मन्त्री गुरुङले प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए । छानबिनका लागि महानगरीय प्रहरी बलका पाँच जनालाई नियन्त्रणमा लिइएको उनको भनाइ छ ।