चितवन । ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काट्ने तयारी गरिएको भए पनि हालसम्म डार्ट गर्न सकिएको छैन । डार्ट भनेको जंगली जनावरलाई नियन्त्रणमा लिन वा उपचार गर्न प्रयोग गरिने प्रविधि हो ।
ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आतंक मच्चाउने एउटा जंगली हात्ती हो । जसले हालसम्म २५ जनाको ज्यान लिइसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जाले बताए ।
गत शनिबार भरतपुर महानगरपालिक-२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेलाई धु्रवे हात्तीले आक्रमण गरी मारेपछि निकुञ्जले हात्तीलाई डार्ट गर्न लाग्दा हालसम्म ध्रुवे नभेट्टिएको हो । हात्ती डार्ट गर्न निकुञ्जले २५ अनुभवी जनशक्ति परिचालन गरेको छ ।
२०७४ सालमा नेपाली सेनाका सेनानी (मेजर) लाई आक्रमण गरी मारेपछि ध्रुवेले ९ वर्षपछि यी दुई आमाछोराको ज्यान लिएको हो ।