काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ।
बुधबार प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य एकैदिन उल्लेख्य रूपमा बढेसँगै बजारमा पुनः उकालो लागेको हो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।