• Menu
s

भैरहवा र नेपालगन्जको तापक्रम ४१ डिग्री पुग्ने अनुमान, सुदूरपश्चिम र लुम्बिनीमा तातो हावा चल्ने

नेपाल प्रफिट

२०८३ असार १०, बुधबार १५:५७

भैरहवा र नेपालगन्जको तापक्रम ४१ डिग्री पुग्ने अनुमान, सुदूरपश्चिम र लुम्बिनीमा तातो हावा चल्ने

काठमाडौं । तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरको छ  ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिँदै  बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकाले सावधानी अपनाउन अनुरोध गरेकी छन् ।

आगामी दिनमा  धनगढीमा अधिकतम तापत्रमक्रम ४० डिग्री सेल्सियस र नेपालगन्ज र भैरहवाको तापक्रम ४१ डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान उनले सुनाइन् । वीरेन्द्रनगर र घोराहीको तापक्रम पनि बढ्ने छ ।

ती क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक दिउँसो घरबाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गरेका छन् ।