• Menu
s

प्रतिनिधिसभाको असार ११ गतेको बैठक सर्‍यो, असार १२ गते शुक्रबार बस्ने

नेपाल प्रफिट

२०८३ असार १०, बुधबार १६:३९

प्रतिनिधिसभाको असार ११ गतेको बैठक सर्‍यो, असार १२ गते शुक्रबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ ।

संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले आज एक सूचना जारी गरेर सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम असार १२ गते शुक्रबार दिउँसो १:०० बजेका लागि बैठक तोक्नुभएको जानकारी दिएका हुन् ।

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ । राष्ट्रियसभाको बैठक भने पूर्वनिर्धारित असार ११ गते नै बस्नेछ ।