• Menu
s

कर्णालीका तीन यातायात कार्यालयबाट ११ महिनामा ३१ करोडभन्दा बढी राजस्व संकलन

नेपाल प्रफिट

२०८३ असार १०, बुधबार १२:४४

कर्णालीका तीन यातायात कार्यालयबाट ११ महिनामा ३१ करोडभन्दा बढी राजस्व संकलन

सुर्खेत । कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात कार्यालयबाट चालु आर्थिक वर्षको ११ महिनामा ३१ करोड २३ लाख ५१ हजार ८७० राजस्व संकलन भएको छ ।

प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले सबैभन्दा धेरै यातायात व्यवस्था कार्यालय सुर्खेतले ११ महिनामा २६ करोड ७० लाख १५ हजार ३४४  राजस्व जम्मा गरेको बताए ।

रुकुम-पश्चिमको चौरजहारीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले तीन करोड पाँच लाख ६३ हजार ३२१ राजस्व जम्मा गरेको छ भने यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले एक करोड ४७ लाख ७३ हजार २०५ राजस्व जम्मा गरेको प्रवक्ता सुवेदीले बताए ।

कर्णालीमा यातायातका साधन नै करको मुख्य स्रोत मानिएको छ । कुल राजस्वको झण्डै ८० प्रतिशत हिस्सा सवारीसाधन करले ओगटेको छ ।

सवारीसाधन कर शीर्षकमा मात्रै जेठ मसान्तसम्म २४ करोड ९७ लाख बराबर सवारीसाधन कर जम्मा भएको थियो ।

सुर्खेतले २१ करोड ५६ लाख ९३ हजार, चौरजहारीले दुई करोड ६६ लाख ५१ हजार र जुम्लाले ७३ लाख ६५ हजार संकलन गरेका छन् ।