• Menu
s

फिफा विश्वकप २०२६ प्रसारणमा जोडियो नेपाल लाइफ, हिमालय स्पोर्ट्ससँग सह-प्रायोजकको सम्झौता

नेपाल प्रफिट

२०८३ असार ५, शुक्रबार १७:४८

फिफा विश्वकप २०२६ प्रसारणमा जोडियो नेपाल लाइफ, हिमालय स्पोर्ट्ससँग सह-प्रायोजकको सम्झौता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड फिफा विश्वकप २०२६ को नेपाल प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह-प्रायोजकको रूपमा जोडिएको छ । यस सहकार्यअन्तर्गत विश्वकपका खेलहरू हिमालय स्पोर्ट्स टिभी तथा डिजिओ एपमार्फत प्रसारण हुनेछन् ।

सहकार्यबारे नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली ले विश्वकै लोकप्रिय खेल महोत्सव फिफा विश्वकपसँग जोडिन पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताए।

उनले विश्वकपले खेलकुदमार्फत विश्वभरका मानिसलाई एकताबद्ध गर्ने उल्लेख गर्दै यस सहकार्यले नेपाली दर्शकलाई प्रतियोगिताको रोमाञ्च अझ नजिकबाट अनुभव गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । साथै, यसबाट नेपाल लाइफको ब्राण्ड देशभरका खेलप्रेमीमाझ थप सशक्त रूपमा स्थापित हुने अपेक्षा गरिएको उनको भनाइ छ।

फिफा विश्वकप २०२६ को प्रसारणसँगको सहकार्यले नेपाल लाइफलाई अन्तर्राष्ट्रिय खेलकुदको सबैभन्दा ठूलो मञ्चसँग जोड्दै नेपाली दर्शकमाझ आफ्नो उपस्थितिलाई थप विस्तार गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।