
पर्सा । प्रिमियम विद्युतीय स्कुटर ब्रान्ड एथर नेपालले वीरगन्जमा नयाँ अनुभव केन्द्र सञ्चालनमा ल्याएको छ। आदर्शनगरस्थित उक्त केन्द्र गेटवे मोटर्स प्रालिको व्यवस्थापनमा सञ्चालनमा आएको हो ।
नयाँ केन्द्र सञ्चालनसँगै एथर नेपालको देशभर रहेका अनुभव केन्द्रको संख्या १२ पुगेको कम्पनीले जनाएको छ। काठमाडौं उपत्यकाका पाँच केन्द्रसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड र वीरगञ्जमा एथरका केन्द्र सञ्चालनमा रहेका छन् ।
कम्पनीका अनुसार मधेश प्रदेशका ग्राहकलाई आधुनिक प्रविधियुक्त तथा उच्च क्षमताका विद्युतीय स्कुटर सहज रूपमा उपलब्ध गराउने उद्देश्यले वीरगन्जमा नयाँ केन्द्र स्थापना गरिएको हो ।

नयाँ केन्द्रमा प्रदर्शनमुखी ‘४५०’ शृङ्खला तथा परिवारमैत्री ‘रिज्टा’ स्कुटर उपलब्ध हुनेछन्। ग्राहकले स्कुटर अवलोकन, परीक्षण सवारी, प्रविधिसम्बन्धी जानकारी तथा वित्तीय सुविधा र साटफेर योजनाबारे जानकारी लिन सक्नेछन् ।
एथर नेपालले देशभर अधिकृत सेवा केन्द्रको सञ्जाल विस्तार गर्दै बिक्रीपछिको सेवालाई सुदृढ बनाइरहेको जनाएको छ। कम्पनीले आठ वर्षसम्मको विस्तारित ब्याट्री प्रत्याभूति सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।
विद्युतीय सवारीसाधनको पूर्वाधार विस्तारका लागि कम्पनीले द्रुत चार्जिङ केन्द्रको सञ्जाल पनि विस्तार गरिरहेको छ। हाल देशका प्रमुख सहर तथा राजमार्गमा ४० भन्दा बढी चार्जिङ केन्द्र सञ्चालनमा रहेका छन्। 
नयाँ केन्द्र उद्घाटनको अवसरमा कम्पनीले असार १२ गतेसम्म सीमित अवधिका विशेष सुविधा पनि ल्याएको छ। यसअन्तर्गत विस्तारित ब्याट्री प्रत्याभूति, शून्य प्रतिशतसम्म ब्याजदरमा वित्तीय सुविधा तथा पुरानो सवारी साटफेर गर्दा आठ हजार रुपैयाँसम्म अतिरिक्त मूल्यांकन लाभ प्रदान गरिने जनाएको छ ।
नेपालमा स्वच्छ र दिगो यातायातको प्रवर्धन गर्ने लक्ष्यसहित कम्पनीले नवीन प्रविधि, सुदृढ पूर्वाधार र ग्राहकमैत्री सेवामार्फत विद्युतीय गतिशीलताको विस्तारमा योगदान पुर्याइरहेको जनाएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal